बजरंगबली बचत तथा ऋण सहकारी संस्थामा स्वागत छ

हाम्रो सपना, हाम्रो प्रतिबद्धता सँगै एक उज्ज्वल र समृद्ध भविष्य निर्माण गरौं।

परिचय

बजरंगबली बचत तथा ऋण सहकारी संस्था

२०६८ साल कार्त्तिक २० गते म.थि.न.पा. वडा नं. १६, लोहकिल्थलीका स्थानिय स्तरको २५ जना महिला तथा पुरूषहरू मिलि सेवा नै धर्म हो भन्ने महान आदर्शलाई आत्मसात गर्दै स्थानिय स्तरदेखि नै “सकारात्मक विचार समृद्ध एवं सम्मनुत समाज र आर्थिक उन्नतिको लागि सहकारी” भन्ने मूल नारालाई बुलन्द गरि डिभिजन सहकारी कार्यालय भक्तपुरमा विधिवत रूपमा दर्ता गरी २०६८ साल मंसिर १५ गतेदेखि आवद्ध सदस्यहरूलाई सेवा पुऱ्याउदै आईरहेका छौं ।

कार्यालय व्यवस्थापन

यस संस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्नको लागी हाल ७ जना कर्मचारी कार्यरत छन् । संस्थाले आफ्ना शेयर सदस्यहरूलाई अझ बढि सेवा प्रदान गर्न शनिबार बाहेक अरू दिन विहान १०:०० बजे देखि ५:०० बजे सम्म काउण्टर खुल्ला गरी सेवा प्रदान गर्दै आईरहेको छ । संस्थालाई समयानुकुल आवश्यक पर्ने नीति नियमहरू र भौतिक पूर्वाधारहरूको व्यवस्था गर्दै कार्यालयको दैनिक कामलाई चुस्त र पारदर्शि बनाउन सफ्टवेयर सिष्टमबाट कार्यालय सञ्चालनमा रहेको छ ।

संचालक समिति

अध्यक्ष

सुर्यमान मुस्यान

उपाध्यक्ष

अष्ट कुमार कवे

सचिव

नबराज हेका

कोषाध्यक्ष

प्रतिभा श्रेष्ठ

सदस्य

तुईलाल हेका

सदस्य

कृष्णहरि प्रजापती

सदस्य

पञ्चकृष्ण कवे

सदस्य

नबराज खड्का

सदस्य

समिता सहुखल

लेखा समिति

संयोजक

राजकृष्ण मुस्यान

सदस्य

बिकास द्वारे

सदस्य

राजेन्द्र कुटु

बजरंगबली बचत तथा ऋण सहकारी संस्था

परिकल्पना

  • समुदायमा आधारित्त अधिराज्यकै नमुना सहकारीको रूपमा परिचित गर्दै आवद्ध सदस्यहरूको सम्पूर्ण वित्तिय समस्या समाधान गर्ने ।
  • सदस्यहरूको आर्थिक सामाजिक तथा सांस्कृतिक अवस्थामा सुधार तथा सक्षम बनाउनको लागि गुणस्तरीय प्रविधियुक्त सर्वसुलभ वित्तिय तथा अन्य सेवा उपलब्ध गराउने ।

 लक्ष्य

  • वित्तिय क्षेत्रमा प्रतिषर्पार्थ एवं गुणस्तरीय सेवा प्रदान गर्ने ।
     सदस्यहरूको व्यवसायीकरणमा जोड दिने 
  • संस्थाको पुर्वाधारहरूको बिकास गर्ने ।
     सदस्यहरूलाई आर्थिक रूपले आत्मर्भिर र सम्पन्न तथा सामाजिक रूपले स्वाभिमान बनाउने ।
  • संस्थाको कार्यक्षेत्र र उद्देश्यलाई क्रमश बिस्तार गर्दै जाने ।

.

उद्देश्य

  • संस्थामा संलग्न सदस्यहरूबिच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको भावना जाग्रित गराई निर्यामत बचत गर्ने बानीको विकास गर्ने ।
  • सदस्यहरूको प्रार्थामक आवश्यकता र आय आर्जनको क्षमताको पहिचान गरी उत्पादनशील र आयमुलक क्षेत्रमा सदस्यहरू मार्फत लगानी प्रर्वद्धन गरी छरिएर रहेका पूँजीको उपयोग गर्ने ।
  • सदस्यहरूको दैनिक जीवनका विविध क्षेत्रमा संस्थागत सहयोग पुऱ्याउने खालका सेवामुलक कार्यक्रमहरू सञ्चालन गरी सहकारीताको महत्व स्थापित हुने काम समुदायमा प्रदर्शित गर्दै जाने ।

हाम्रो नयाँ कार्यक्रम

निवेश संभावनाहरू

बजरंगबली बचत तथा ऋण सहकारी संस्था लिमिटेड विभिन्न प्रकारका बचत र निवेश विकल्पहरू प्रदान गर्दछ, जसले सदस्यहरूको सम्पत्ति वृद्धि गर्न मद्दत गर्छ।

थप पढ्नुहोस् »

हाम्रो ग्यालरी

बजरंगबलीसँग भरपर्दाे वित्तीय समाधानहरू खोज्नुहोस्

बजरंगबली फाइनान्समा सामेल हुनुहोस् र तपाईका आवश्यकताहरू अनुरूप सुरक्षित, भरपर्दो र व्यक्तिगत वित्तीय सेवाहरूको अनुभव गर्नुहोस्।.

 

  • बजरंगबलीमा आफ्नो भविष्य सुरक्षित गर्नुहोस् – जहाँ तपाईंका लक्ष्यहरू समाधानसँग मिल्छन्।”
  • आजै बजरंगबलीसँग धाराप्रवाह वित्तीय छनोट अन्वेषण गर्नुहोस्।”

  • आफ्नो वित्तीय यात्रामा सशक्तिकरण गर्नुहोस् – बजरंगबलीमा विश्वास गर्नुहोस्।

  • तपाईंका लागि विशेष गरी तयार गरिएका वित्तीय समाधानहरू – बजरंगबलीमा।